एफसी सिनसिनाटीले इन्टर मियामीलाई हरायो

एफसी सिनसिनाटीले इन्टर मियामीलाई हरायो

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा लियोनल मेसी आबद्ध इन्टर मियामीले लज्जास्पद हार व्यहोरेको छ ।

आज बिहान सम्पन्न खेलमा एफसी सिनसिनाटीले इन्टर मियामीलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको १६औं मिनेटमा गेरार्डो भलेन्जुएलाले गोल गर्दै एफसी सिनसिनाटीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा पनि सिनसिनाटीले आफ्नो दबाब कायम राख्यो, जसमा एभेन्डर नायक बने। उनले ५०औं मिनेटमा दोस्रो गोल गर्दै सिनसिनाटीको अग्रता दोब्बर पारे। त्यसपछि, ७०औं मिनेटमा अर्को गोल गर्दै उनले आफ्नो दुई गोल पूरा गरे र टोलीलाई ३-० को प्रभावशाली जित दिलाए।

इन्टर मियामीले खेलभर कुनै खास प्रभाव पार्न सकेन ।

Logo