एक वर्षमा २ लाख १७ हजार भक्तजनले गरे पाथीभराको दर्शन

एक वर्षमा २ लाख १७ हजार भक्तजनले गरे पाथीभराको दर्शन

केन्द्रबिन्दु
15
Shares

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ)मा आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ११ लाख बढी भेटी संकलन भएकाे छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक वर्षमा २ लाख १७ हजार ८७६ जनाले पाथीभराकाे दर्शन गर्दा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी संकलन भएको हाे ।

सबैभन्दा बढी भक्तजन कार्तिक महिनामा पुगेका थिए, जहाँ ६१ हजार १७३ जनाले दर्शन गरेका थिए । त्यसपछि चैतमा ४० हजार ४३५, वैशाखमा ३८ हजार १७०, मंसिरमा २१ हजार १७०, जेठमा १६ हजार २१०, भदौमा ९ हजार ९३९, फागुनमा ७ हजार २२८, असोजमा ५ हजार ९३९, माघमा ४ हजार २४९, असारमा ४ हजार ७६१ र साउनमा सबैभन्दा कम १ हजार ९५५ जनाले दर्शन गरेका थिए।

आर्थिक रूपमा सबैभन्दा बढी भेटी वैशाख महिनामा संकलन भएको थियो, जसको रकम ६० लाख ९० हजार ८१५ रुपैयाँ रहेको छ।

Logo