प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त

प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडीमा नियुक्त

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। पोखरा निन्जाजले आगामी एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूबीएल) का लागि प्रगति नाथलाई आफ्नो मार्की खेलाडीमा नियुक्त गरेको छ।

प्रगति नाथ नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी पनि नियमित सदस्य हुनुहुन्छ। गत सिजन उनले गण्डकी थन्डरबाट ईडब्ल्यूबीएल लिग खेलेकी थिइन्। उनले पोखरासँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै आफू एकदमै उत्साहित रहेको बताएकी छिन्। यसबारे बोल्दै उनले टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरेकी छिन्।

उनले प्रतियोगिताका लागि आफू शारीरिक र मानसिक दुवै रूपमा तयार रहेको पनि बताएकी छिन्।

प्रगतिको आगमनले पोखरा निन्जाजले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लागेको दोस्रो एभरेस्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गतेदेखि भाद्र २८ गतेसम्म हुनेछ।

Skip This
Skip This
Logo