काठमाडौं
संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम अनुमोदन गरेको छ । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई बिहीबार बसेको संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् । यसअघि नेपालको न्यायालय क्षेत्रमा पहिलो पटक दीपक राज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । अनुमोदनको विषयमा भएको निर्वाचनमा बहुमतबाट उनको नाम अस्वीकृत भएको थियो ।































प्रतिक्रिया