काठमाडौं

प्रधानमन्त्री केपी ओलीले गुणस्तरहिन काम गर्ने निर्माण व्यवसायीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । "/>

काम नगर्ने निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी ( भिडियो सहित )

काम नगर्ने निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले गुणस्तरहिन काम गर्ने निर्माण व्यवसायीहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । प्रधानमन्त्री ओलीले ‘कम खर्चमा बढि प्रतिफल’ आउने गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीहरुलाई आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघको २० औं वार्षिक साधारण सभाको बिहिबार काठमाडौंमा उद्घाटन गर्दै उनले जानीजानी कम गुणस्तरको काम गरे सैह्य नहुनेतर्फ पनि निर्माण व्यवसायीहरुलाई सचेत गराए ।

 

निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै इमान्दार भएर मुलुकको निर्माण कार्यमा जुटनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीहरुले उत्पादन कार्यलाई बढावा दिने गरी पूर्वाधार निर्माणको काममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

 

प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास, उन्नति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै सबै क्षेत्रलाई योजनाबद्ध ढंगले मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न आह्वान गरे । उनले सबै ढंगले उत्तम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाको रुपमा विकास गर्ने दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । 

हेरौं भिडियोमा :

 

 

Logo