काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ ।
बंगलादेशमा जारी प्रतियोगिताको डबल राउन्ड रोबिन लिगमा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । आज पनि जित हात पार्दै नेपाल उपाधिका बलियो दाबेदारी दिन चाहन्छ ।
प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।































प्रतिक्रिया