सिरियामा जातीय झडप रोक्न नयाँ बल तैनाथ गरिने

सिरियामा जातीय झडप रोक्न नयाँ बल तैनाथ गरिने

केन्द्रबिन्दु
18
Shares

दमास्कस, सिरिया । सिरियाको दक्षिणी क्षेत्रमा बेदुइन र ड्रुज लडाकुहरूबीच भएको घातक साम्प्रदायिक झडप रोक्न सिरियाली राष्ट्रपति कार्यालयले नयाँ सुरक्षा बल तैनाथ गर्ने घोषणा गरेको छ ।

अन्तरिम राष्ट्रपति अहमद अल-शाराको कार्यालयले “सबै पक्षलाई संयमता अपनाउन” आग्रह गरेको छ ।

गत आइतबार हिंसा भड्किए यता करिब ६०० जनाको ज्यान गएको बताइएको छ। क्षेत्रमा तैनाथ गरिएका सरकारी सेनाहरूमाथि बासिन्दाहरूले ड्रुज नागरिकहरूको हत्या गरेको र गैरन्यायिक मृत्युदण्ड दिएको आरोप लगाएका छन्।

इजरायलले सुवेदा प्रान्तबाट सेना फिर्ता गराउन सिरियामा हमला गरेको थियो। शुक्रबार टर्कीका लागि अमेरिकी राजदूत टम ब्याराकले इजरायल र सिरियाबीच युद्धविराम सहमति भएको बताएका छन्। ब्याराकले एक्स (पहिले ट्विटर) मा पोस्ट गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अल-शाराबीच “युद्धविराममा सहमति” भएको र यसलाई सिरियाका छिमेकी राष्ट्र टर्की र जोर्डनले पनि समर्थन गरेको उल्लेख गरेका छन्।

यद्यपि, इजरायल र सिरियाले कथित युद्धविराम सम्झौतामा सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

Skip This
Skip This
Logo