राष्ट्रियसभाले पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा तीन जना सांसद मनोनित गरेको छ । "/>

संसदीय समितिमा राष्ट्रियसभाका तीन जना सांसद थपिए

संसदीय समितिमा राष्ट्रियसभाका तीन जना सांसद थपिए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाले पनि राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा तीन जना सांसद मनोनित गरेको छ ।
राष्ट्रियसभाको बिहिबार बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा मनोनयनका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेका राधेश्याम अधिकारी, कालिबहादुर मल्ल र रामलखन चौंधरीको नाममा सहमति दिएको हो । समितिमा प्रतिनिधि सभाबाट अनिलकुमार झा, भीम रावल, डा. मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेमप्रसाद लोहनी, गणेशप्रसाद ठगुन्ना, प्रभु साह, लक्ष्मी परियार, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिना सदस्य रहेका छन् ।

यसैबीच, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन आगामी असोज ९ गते मंगलबार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बिहिबारको बैठकमा सो समितिको सभापतिको निर्वाचन असोज ९ गते मंगलबार हुने जानकारी दिएका छन् । उनल संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सो समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।

Logo