काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ।
ललितपुरस्थित पार्टी मुख्यालय बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने भदौको २० देखि २२ गतेसम्म हुने विधान दोस्रो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुनेछ।
साथै महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।
यसअघि बसेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो। पोलिटब्युरोले पारित गरेको विधानमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद, लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्ने प्रावधान राखिएको छैन। त्यस्तै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध गरिएको छ।































प्रतिक्रिया