काठमाडाैं । जापानको सत्तारुढ गठबन्धनले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएको छ । तर प्रधानमन्त्री शिगेरु इशिबाले पद छाड्ने कुनै योजना नभएको बताएका छन्।
आइतबार भएको कडा प्रतिस्पर्धात्मक चुनावमा मतदाताहरूले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको कनिष्ठ साझेदार कोमेइतोको गठबन्धनप्रति बढ्दो मूल्यवृद्धि र अमेरिकी शुल्कको खतरालाई लिएर असन्तुष्टि पोखेका थिए।
आइतबार मतदान सकिएपछि बोल्दै प्रधानमन्त्री इशिबाले नतिजालाई “गम्भीरतापूर्वक” स्वीकार गरेको बताए, तर आफ्नो ध्यान व्यापार वार्तामा केन्द्रित रहेको बताए। गत वर्ष नै जापानको शक्तिशाली तल्लो सदनमा बहुमत गुमाइसकेको गठबन्धनका लागि यो हारले उनीहरूको प्रभावलाई थप कमजोर पार्नेछ।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार, २४८ सिटको माथिल्लो सदनमा नियन्त्रण कायम राख्न सत्तारुढ गठबन्धनलाई ५० सिट आवश्यक थियो। तर एउटा सिटको नतिजा आउन बाँकी रहँदा गठबन्धनले ४७ सिट मात्र हासिल गरेको छ। माथिल्लो सदनका आधा सिटमा आइतबार मतदान भएको थियो, जसमा सदस्यहरू ६ वर्षको कार्यकालका लागि निर्वाचित हुन्छन्।
शिनजो आबे यसअघि एलडीपीका नेता थिए र जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने व्यक्ति थिए, उनी सन् २००६-२००७ र २०१२-२०२० मा दुई पटक पदमा रहेका थिए।
इशिबाको केन्द्र-दक्षिणपन्थी पार्टीले १९५५ देखि जापानमा लगभग लगातार शासन गर्दै आएको छ, यद्यपि नेताहरूको बारम्बार परिवर्तन भएको छ । यस नतिजाले मतदाताहरूको इशिबाप्रतिको असन्तुष्टिलाई जोड दिन्छ, जसले जापानको आर्थिक चुनौती, जीवनयापनको लागत संकट र अमेरिकासँगको व्यापार वार्ताको सामना गर्दा विश्वास जगाउन संघर्ष गरेका छन्। धेरै मानिसहरू मुद्रास्फीति – विशेष गरी चामलको मूल्य, र हालैका वर्षहरूमा एलडीपीलाई सताएका राजनीतिक काण्डहरूको श्रृङ्खलाबाट पनि असन्तुष्ट छन्।
माथिल्लो सदनमा बहुमत गुमाउने अन्तिम तीन एलडीपी प्रधानमन्त्रीहरू दुई महिनाभित्रै पदबाट हटेका थिए, र विश्लेषकहरूले यस चुनावमा ठूलो क्षतिले पनि यस्तै नतिजा ल्याउने भविष्यवाणी गरेका थिए। तर इशिबा त्याे पक्षमा छैनन् ।































प्रतिक्रिया