काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसपीहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत रामेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजिव बहादुर बस्नेत रहेका छन् ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रविण भण्डारी, नेपाल प्रहरी अपराध अनुसन्धान शाखा, काठमाडौंमा कार्यरत रामेशराम थापा, नेपाल प्रहरी सेवा प्रशासन शाखामा कार्यरत अनिलप्रसाद उप्रेती, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत विपिन पौडेल, नेपाल प्रहरी कार्यालय सामाखुसीमा कार्यरत दयानीधि बास्तोला, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत सिद्धराज शाही र जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत केदार खनाल रहेका छन् ।





























प्रतिक्रिया