गायक राजेश पायल राईद्वारा विवादास्पद समाचारहरुको खण्डन- ‘तिम्रो मसीसँगै तिमी पनि सिद्दिदैछौ’

गायक राजेश पायल राईद्वारा विवादास्पद समाचारहरुको खण्डन- ‘तिम्रो मसीसँगै तिमी पनि सिद्दिदैछौ’

केन्द्रबिन्दु
72
Shares

काठमाडौं। राई इज किङ अर्थात् नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेश पायल राईले आफूलाई जोडेर सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरुको खण्डन गरेका छन् ।

आज सामाजिक सञ्जालमा एउटा कडा टिप्पणी गर्दै उनले भनेका छन्, ‘जसले जसलाई जे लेख्दै छौ खुसी छौ तर तिमीलाई थाहा छैन तिम्रो मसी मात्र हैन तिमी पनि सिद्दिँदैछौ ।’

गायक राईले आफ्नो पोस्टमा थपेका छन्, ‘म भगवान त हैन यती बुझ रितिनेलाई भगवानले पनि अन्त्यमा साथ छाड्ने छ।’ उनको यो भनाइ कसलाई लक्षित गरिएको हो भन्ने स्पष्ट नभए पनि यसले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ।

यद्यपी सोमबार विभिन्न मिडियामा गायक राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच चुलिएको झगडा र असमझदारीका सम्बन्धमा तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा मिलापत्र भएको खबरहरु आएका थिए । त्यसैलाई लक्षित गरिएको हुनसक्ने आंकलन गरिएको छ ।

राईले आफ्नो गीत र गायनबाट लाखौं प्रशंसक कमाएका छन्। तर, पछिल्लो समय उनी कहिलेकाहीँ सार्वजनिक रुपमा आफ्ना विचारहरु कडा शैलीमा व्यक्त गर्ने गरेका छन्।

Logo