कांग्रेसका ५ नेतालाई देउवाको जवाफ- भावी सभापतिमा कसैलाई ‘ग्रिन सिग्नल’ दिएको छैन

कांग्रेसका ५ नेतालाई देउवाको जवाफ- भावी सभापतिमा कसैलाई ‘ग्रिन सिग्नल’ दिएको छैन

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिका लागि कसैलाई वचन नदिएको बताएका छन् ।

कांग्रेसका पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले आज सभापति देउवालाई निवासमै पुगेर भेटेका थिए । चाक्सीबारीमा मंगलबार बसेको ७ भाइको प्रतिनिधित्व गर्दै ५ जना पूर्वपदाधिकारी आज देउवा निवास पुगेका हुन् ।

सो क्रममा उनीहरुले अबको सभापतिका लागि कसैलाई ‘ग्रिन सिग्नल’ दिने काम भएको छ कि छैन भनेर बुझेका थिए । त्यसको जवाफमा देउवाले भने, ‘मैले कसैलाई ग्रिन सिग्नल दिएको छैन।’

Logo