कुनै पनि देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ -अध्यक्ष ढकाल

कुनै पनि देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालस्थित अवैतनिक महावाणिज्य दूत सम्मिलित संस्थाका ‘डिन’ एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार तथा वाणिज्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा सरकारसँग सहकार्य गरी आर्थिक कूटनीतिको प्रवर्द्धनमा सहयोग गरिरहेको बताएका छन् ।

इण्डानेसियाका तर्फबाट नेपालको अवैतनिक महावाणिज्य दूतका रुपमा प्रतिनिधित्व गर्दै आएका महासङ्घका अध्यक्ष ढकालले विश्वका ६६ देशका तर्फबाट अवैतनिक महावाणिज्य दूतका रुपमा भूमिका निर्वाह गरिरहेका नेपाली व्यवसायीहरू सम्मिलित संस्थाको १८औँ साधारणसभा तथा स्थापना दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटनमा यस्ताे बताएका हुन् ।

उनले कुनै पनि देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै अवैतनिक महावाणिज्य दूत एवं उद्योगी व्यवसायीको हैसियतले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्य वक्ता पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले मुलुकमा वैदेशिक सहयोग भित्र्याउन, जनस्तरसम्मको द्विपक्षीय सम्बन्ध विस्तार गर्न, व्यापार व्यवसाय विस्तार गरी स्वदेशलाई लाभान्वित तुल्याउन र समग्रमा कूटनीतिक सम्बन्ध विस्तार गरी नेपाललाई विश्वमाझ चिनाउन अवैतनिक महावाणिज्य दूतहरूको विशेष भूमिका हुने धारणा व्यक्त गरे ।

Skip This
Skip This
Logo