काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणको अनुसन्धान गर्न महिला प्रहरी पनि खटिएको छ । "/>

निर्मला काण्डको अनुसन्धान गर्न एसपीको नेतृत्वमा महिला प्रहरी पनि खटाईयो

निर्मला काण्डको अनुसन्धान गर्न एसपीको नेतृत्वमा महिला प्रहरी पनि खटाईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणको अनुसन्धान गर्न महिला प्रहरी पनि खटिएको छ । प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरी पनि कञ्चनपुर पुगेको हो ।

प्रहरी प्रधान कार्यालयले उक्त घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धानलाई सहज बनाउँन महिला प्रहरी पनि खटिएका हुन् । महिला प्रहरीको टोलीले पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

महिला तथा बालिकासँग सम्बन्धित घटना भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

File Photo

 

Logo