एजेन्सी । यतिबेला दुनियामा नितम्ब बढाउने फेसनको ट्रेण्ड नै चलेको छ । ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन निकै चलिरहेको छ । यो यसरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् ।
३ सन्तानकी आमा समेत रहेकी एक महिलाले आफ्नो नितम्ब बढाउन इंगल्याण्डबाट टर्की गईन् । तर सल्यक्रियाको क्रममा उनको ज्यान गयो । टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो ।
कसरी बढाईन्छ नितम्बको आकारः
सानो आकार भएकाहरुले आफ्नो नितम्ब बढाउने योजना बनाउँछन् । त्यसको लागि एकमात्र विकल्प भनेको सल्यक्रिया हो । शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ । यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको विज्ञहरुको भनाई छ ।
महिलाहरुलाई किन चाहियो ठूलो नितम्ब ?
वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भईरहेका छन् । किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ । उनीहरुकै देखासिकी गरेर अन्य महिलाहरुको पनि यसतर्फ रुची बढेको देखिन्छ ।































प्रतिक्रिया