काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको हत्या गरिएको दाबी गरिएको छ । मृतक सौरभका आफन्तले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको आरोप लगाएका छन् । "/>

निर्मला हत्याकाण्डमा बदनाम बनेको प्रहरीमाथि अर्को गम्भीर आरोप

निर्मला हत्याकाण्डमा बदनाम बनेको प्रहरीमाथि अर्को गम्भीर आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको हत्या गरिएको दाबी गरिएको छ । मृतक सौरभका आफन्तले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको आरोप लगाएका छन् ।

साथै उनीहरुले सडक आन्दोलनको घोषणा समेत गरेका छन् । मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती पढ्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारवाही नगरेको भन्दै आपत्ति प्रकट गरिन् ।

उनले भनिन्, ‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखिनै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो, हुनपनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’

 

Logo