बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा कांग्रेसका चार मन्त्री बर्खास्त

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा कांग्रेसका चार मन्त्री बर्खास्त

केन्द्रबिन्दु
63
Shares

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले ४ जना मन्त्रीलाई पदमुक्त गरेका छन्।

मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्नुहुँदै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चार जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराए।

चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए। उनीहरू चारै जना नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए।

राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरुद्ध शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

Skip This
Skip This
Logo