काठमाडौं । आगामी नाडा अटो शोमा लन्च हुने कामा ईभीको कन्टेनर बुकिङ खुला भएको छ । बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले विशेष अफर पनि पाउने भएका छन् ।
कामा ईभीको नेपालमा लागि आधिकारिक वितरक मेगा मोटर्सका अनुसार ईभी बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले २ लाख रुपैयाँ छुट पाउनेछन् । २७ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यस कन्टेनर बुक गर्ने सुरुका ५० जना ग्राहकलाई २५ लाख ९० हजारमै उपलब्ध गराउने भएको हो ।
फ्याक्ट्रिबाटै फिटिङ भएर आउने यस कन्टेनरले नेपालको मिनी कमर्सियल ईभी बजारमा नयाँ उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ । यस ईभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजबुत कन्टेनर राखिएको छ । यसको पेलोड क्षमता १.५ टन छ भने एकपटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
७० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको यस ईभीमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिएको कम्पनीले जनाएको छ ।































प्रतिक्रिया