देशभर मनसुनी वायुको प्रभावः आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभावः आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै, रातिको समय भने देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Logo