रामबहादुर बम्जनलाई सफाइ दिने फैसलाविरूद्ध सरकार पुनरावेदनमा जाने

रामबहादुर बम्जनलाई सफाइ दिने फैसलाविरूद्ध सरकार पुनरावेदनमा जाने

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । आफूलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बम्जनलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जाने भएकाे छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले चैत ६ गते बमजनलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सफाइ दिएको थियो।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले २०८१ असार १७ गते १० वर्ष कैद सजाय र बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। उक्त फैसलालाई उच्च अदालतका न्यायाधीशहरूले उल्ट्याउँदै सफाइ दिने फैसला गरेका थिए।

उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत पुनरावेदनका लागि महान्यायाधिवक्ता कार्यालयमा पत्राचार भएको थियो। साेहीअनुसार फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको हाे

Skip This
Skip This
Logo