काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक गाडी (ईभी) नेपालमा आजदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक हुँदैछ। यो बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ल्याउन लागेको सबैभन्दा कम मूल्यको ईभी हो।
यो नयाँ ईभीको नाम बीवाईडी सिगल वा बीवाईडी एटो १ हुन सक्ने अनुमान गरिएको छ।
सिगल वा बीवाईडी एटो १मा ४५ किलोवाटको मोटर र डब्ल्यूएलटीपी मापदण्ड अनुसार २८० किलोमिटरको रेन्ज दिने ब्याट्री छ। यो गाडी ओसन एस्थेटिक्स डिजाइन दर्शनमा आधारित छ, जसले यसलाई आकर्षक र आधुनिक रूप दिन्छ। यसमा ६ वटा एयरब्यागसहित विभिन्न सुरक्षा विशेषताहरू छन्। यसलाई हालै वर्ल्ड अर्बन कार अफ द इयर उपाधि पनि प्रदान गरिएको थियो।
बीवाईडीको ई-प्लेटफर्म ३.० मा बनेको यो गाडीमा इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट, १०.१ इन्चको रोटेटेबल इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ओटीए अपडेट, भ्वाइस इन्टिग्रेशन, र इन-कार वाईफाई जस्ता आधुनिक विशेषताहरू पनि समावेश गरिएका छन्।
यो नयाँ ईभीले नेपाली बजारमा उपलब्ध टाटा टियागो र वुलिङ बिंगो जस्ता ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया