नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गर्‍यो -अर्थमन्त्री पौडेल

नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गर्‍यो -अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलाे वर्षमै अटो शो गरेर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आफ्नो स्थापनाको औचित्य पुष्टि गरेकाे बताएका छन् ।

बुधबार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘स्थापना भएको छोटो समयमा नै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको छ । निकै व्यवस्थित तरिकाले अटो शो आयोजना भएको रहेछ । नयाँ गाडीको उपस्थिति पनि बाक्लै देखियो ।’

आगामी दिनमा मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले पनि निरन्तर काम गरिरहेको उनकाे भनाइ छ ।

Logo