सेगवेका ४ नयाँ मोडल सार्वजनिक

सेगवेका ४ नयाँ मोडल सार्वजनिक

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । दिगो यातायात, स्मार्ट प्रविधि र वातावरणमैत्री सवारीका खोजीमा रहेका उपभोक्ताका लागि सेगवे–नाइनबोटले नेपाली बजारमा ४ नयाँ मोडेल ल्याएको छ । उक्त मोडलहरु आज बाट सुरु भएको ‘नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक गरिएको हो ।

नेपालमा सेगवेको आधिकारिक वितरक आइहब प्रालिले सार्वजनिक गरेको यी नयाँ स्कुटर, बाइक र साइकलहरु शहरी जीवनशैलीसँग मेल खाने गरी डिजाइन गरिएको छ । यी सवारी साधन केवल स्टाइलिश र पावरफुल हुनुका साथै सस्तो सञ्चालन खर्च, वातावरणप्रेमी प्रविधि र स्मार्ट फिचरको संयोजनका कारण नेपाली बजारमा यसको बलियो उपस्थिीती रहने अनुमान गरिएको छ ।

स्कुटरको नयाँ मोडल

१५० एमके २

सेगवे–नाइनबोटको ४ वटा मोडल मध्ये इलेक्ट्रिक स्कुटर ‘ई १५० एमके २’ र ‘ई १२५ एमके २’ सार्वजनिक गरेको हो । ‘सेगवे ई १५० एमके २’ मा ७ हजार ५ सय वाटको मोटर र दुईवटा १ हजार ४४ वाट आवरको ब्याट्री दिइएको छ । यसले एकपटको फुलचार्जमा ७५ देखि १२० किलोमिटरको रेन्ज दिन्छ । यसको टप स्पीड प्रतिघण्टा ९० किमीको गतिमा गुड्ने कम्पनीले जनाएकोे छ । यसको मूल्य ५ लाख निर्धारण गरिएको छ ।

ई १२५ एमके २

‘ई १२५ एमके २’ मा ३ हजार ६ सय वाटको मोटर र १हजार ४४ वाट आवरको ब्याट्री जडान गरिएको छ । यस स्कुटरले फुलचार्जपछि ६० देखि सय किलोमिटर रेन्ज दिन्छ भने यसको टप स्पीड प्रतिघण्टा ७० किलोमिटर रहेको छ । यसको मूल्य ३ लाख ५० हजार रहेको छ ।

सेगवे ई–बाइक साइबर

‘सेगवे ई–बाइकमा साइबर’ मा ३ हजार वाटको हब मोटर र १ हजार ४४० वाट आवरको लिथियम ब्याट्री राखिएको छ । जसले फुलचार्जमा ७७ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य मूल्य ५ लाख ५० हजार तोकिएको छ ।

सेगवे सफारी ई–साइकल

‘सेगवे सफारी ई–साइकल’मा ७५० वाटको मोटर र ९३६ वाट आवरको ब्याट्री छ । यो साइकल एकपटकको चार्जमा ५८ किलोमिटर रेन्ज दिन सक्छ भने यसको टप स्पीड ३२ किलोमिटर प्रतिघण्टा छ । यसको मूल्य ३ लाख ५० हजार तोकिएको छ ।

Skip This
Skip This
Logo