गोरखा
गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने दाबी गरेका छन् । गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आइतबार आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनवादी क्रान्ति पूरा भएको बताउँदै अब समाजवादी क्रान्ति सुरु भएको बताए । "/>

जनवादी क्रान्ति पूरा भयो, अब समाजवादी क्रान्ति सुरु : गृहमन्त्री थापा

जनवादी क्रान्ति पूरा भयो, अब समाजवादी क्रान्ति सुरु : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

गोरखा
गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने दाबी गरेका छन् । गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आइतबार आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनवादी क्रान्ति पूरा भएको बताउँदै अब समाजवादी क्रान्ति सुरु भएको बताए ।

‘समृद्ध र सुखी नेपालको स्थापना नै समाजबाद हो । उनले भने भ्रष्ट्राचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, बैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डीकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पु¥याउनेहरु हुन् ।’ गृहमन्त्रीले भने, ‘महिला दिदी बहिनीहरुलाई वेचविखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलत्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिला सुस्ती गर्नेहरु समाजवादका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजवाद ल्याइन्छ ।’

समाजवादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा रहेको उनको भनाइ थियो । सहिदहरुका बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को हुन भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको मन्त्री थापाको भनाई छ । गृहमन्त्रीले घुसलिने र दिने, भ्रष्टाचारी, जनताका काम नगर्ने प्रशासकहरु, प्रहरीहरु, व्यापार व्यवसायमा सिण्डिकेट कायम राख्न चाहनेहरु, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिच्याई गर्नेहरु समाजवादका विरोधी भएको जिकिर गरे ।

सरकारको काम प्रति सन्तुष्ट

नेकपा नेतृत्वमा सरकार बनेको ६ महिनामा उल्लेख्य प्रगति भएको गृहमन्त्रीको जिकिर छ । ‘केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरु धेरै छन् । पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरु यही समाजमा छन्,’ उनको भनाइ थियो । ‘प्रतिगामी शक्ति राजनैतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत छ । सरकारले संघीयता लागू गरेको छ । धेरै कामहरु भएका छन् । ठोस योजनाहरु निर्माण भएका छन् । दुश्मनको भ्रममा हामीहरु पर्नु हुुँदैन । सरकारको कामहरुमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरुको कर्तव्य हो । सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ ।’

Logo