काठमाडौं । नेपाली बजारमा हुन्डाईको विद्युतीय कार आयोनिक ५ किन्दा १४ लाख छुट पाइने भएको छ ।
आजदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त ईभी कारको मूल्य घटाएको हो । हालै सार्वजनिक बजेटको प्रावधान अनुसार वितरक कम्पनीले मूल्य समायोजन गर्दै नयाँ सूची सार्वजनिक गरेको हो ।
यसअघि १ करोड १६ लाख ९६ हजार पर्ने आयोनिक ५ अब १ करोड २ लाख ९६ हजार रुपैयाँमा उपलब्ध भएको छ । नयाँ बजेटले १०० देखि २०० किलोवाट क्षमताका मोटर भएको विद्युतीय गाडीको भन्सार दर ३० प्रतिशतबाट घटाएर २० प्रतिशत बनाएको छ ।
त्यस्तै, अन्य शुल्क पनि ३० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारिएको छ ।
हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएकाले उक्त कर कटौतीको लाभ सो गाडीमा सिधा पर्याे र मूल्यमा उल्लेखनीय गिरावट आएको हो ।





























प्रतिक्रिया