नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सन्देश दिनुपर्ने बताएका छन् । "/>

‘पार्टीभित्रको गुट अन्त्य गर्नुपर्छ’: कोइराला

‘पार्टीभित्रको गुट अन्त्य गर्नुपर्छ’: कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सन्देश दिनुपर्ने बताएका छन् । दाङको लमहीमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादले बाह्य शक्तिले फाइदा लिइरहेको भन्दै एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीलाई बलियो बनाउन बिपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उनले काङ्ग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकाले काँग्रेस पार्टी कहिल्यै पछि नपर्ने दावी गरे।सो अवसरमा केन्द्रीय सदस्य बद्री पाण्डेले काँग्रेस सङ्ख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवादभन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

Logo