गलत नक्सा र नक्कली निसान छाप प्रयोग नगर्न सरकारले सबैलाई निर्देशन दिएको छ । नक्कली निसान छाप र गलत नक्सा प्रयोग भइरहेको समाचार बाहिर आएपछि आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरि नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा तथा निशान छापको प्रयोग गर्न सरकारी कार्यालय, सञ्चारमाध्याम र शैक्षिक संस्थाहलाई आग्रह गरेकी हुन् ।
सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिने उनले जानकारी दिइन् । उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा पत्ता लगाइने पनि बताइन् ।आधिकारिक नक्सा स्थापित गर्नको लागि अनुगमनको आवस्येक रहेको बताउदै उनले, यस अनुगमनका लागि परराष्ट्र मन्त्रालयका सचिव समेत अनुगमन टोलीमा रहेको जानकारी दिइन् ।
सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटीपुर्ण नक्सा विस्थापित गर्ने योजना रहेको बताउँदै उनले नापि विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने जानकारी दिइन् । मिडियाहरुमा कालापानी लगायतका ठाउँलाई उल्लंघन हुनेगरी नक्सा प्रयोग भएकोप्रति नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष गोरखापत्रले नै तीन पटक गलत नक्सा छापेको पाइएको विभागले जनाएको छ ।































प्रतिक्रिया