रुपन्देही -३ उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपामा ९ जनाले दिए आवेदन

रुपन्देही -३ उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपामा ९ जनाले दिए आवेदन

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा उम्मेदवार हुन ९ जनाले आवेदन दिएका छन्।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकहरुलाई साउन ७ देखि २१ गतेसम्म रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेकोमा ९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा‍. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्।

उम्मेदवारी उपर दाबी विरोधका लागि साउन २३ र २४ का लागि छुट्याइएको भने साउन २५ गते उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको रास्वपा सहामहामन्त्री विपिन आचार्यले जानकारी दिए।

साउन २६ मा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भदौ ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिताको मापन गरिनेछ । उम्मेदवार अन्तिम चयन भने १५ भदौमा गरिने छ।

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

Skip This
Skip This
Logo