कास्की

बेगनास तालमा डुङ्गा पल्टिँदा शनिबार देखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । "/>

बेगनास तालको डुङ्गा दुर्घटनामा हराइरहेकाहरुको खोजी जारी

बेगनास तालको डुङ्गा दुर्घटनामा हराइरहेकाहरुको खोजी जारी

केन्द्रबिन्दु
0
Shares

कास्की

बेगनास तालमा डुङ्गा पल्टिँदा शनिबार देखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । शनिबार बेगनास तालमा डुंगा डुब्दा २ जनाको ज्यान गएको थियो भने ६ जना हराइरहेका छन् ।

सो दुर्घटनामा ४ वर्षका रञ्जित गैरे , ५ वर्षका प्राचिन पौडेल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, अन्दाजी १८ वर्षकी मनिषा बजगार्इँ र ३२ वर्षका रवी खनाल बेपत्ता छन् । हिजो देखि नै गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिए ।

बेगनासताल पारी दर खाने कार्यक्रममा जाँदै गर्दा डुंगामा रहेका एकजना बालक तालमा खसेपछि उनलाई बचाउन खोज्दा डुंङ्गा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार परि घर फर्किएका छन् भने पोखरा २८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैरेको शव भेटिएको छ ।

 

Skip This
Skip This
Logo