बुटवल
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । "/>

प्रेस माथिको सरकारी हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

प्रेस माथिको सरकारी हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

बुटवल
नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । बुटवलमा रहेको बुद्ध सामुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलार्इ पूर्ण साथ र सहयोग गर्ने बताए ।

देउवाले स्वतन्त्र प्रेस तथा संचार माथि हस्तक्षेप गर्ने सरकारी अधिकारीहरुलाई समेत नछाडने चेतावनी दिए । राजनीतिक दलको आडमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बुद्ध टेलिभिजनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरी लगानीकर्ताहरुलाई दुःख दिएको भन्दै देउवाले सरकारी अधिकारीले प्रेस माथि हस्तक्षेपकारी भूमीका खेल्नु दुखद भएको उल्लेख गरे ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन राजनीतिक पार्टीको जत्तिकै महत्वपूर्ण भूमीका खेलेको प्रेस जगतलाई वर्तमान सरकारले अंकुस लगाउन खोजेको आरोप लगाए । सरकारले आफ्ना कमी कमजोरी जनता माझ नपुगोस भनेर प्रेस जगतलाई नियन्त्रणमा राख्न खोजेको भन्दै नेता खाँणले नेपाली काँग्रेसले सरकारको त्यस्ता गलत कदमलाई सफल हुन नदिने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारी, भरत शाह, अब्दुल रज्जाक लगायतले बोल्दै बर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुस लगाएर नागरिकका मौलिक हक कुण्ठित गर्न खोजेको बताए । कार्यक्रममा बोल्दै नेकपाका नेता तथा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले संघीयतालाई सफल बनाउँदै समृद्धिको सपना साकार बनाउन विकासका मुद्दामा सत्ता प्रतिपक्ष नभनी मिलेर अगाडि बढनु पर्ने खाँचो औल्याए ।
नागरिकबाट

Skip This
Skip This
Logo