काठमाडौँ
साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले आफ्नो नाम लेख्दै रेकर्ड बनाए ।
बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पु¥याए । हाल बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । यो सँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने नेपाली खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ ।
शनिबारको खेलमा नेपालले बंगलादेशलाई २ – ० को रोमाञ्चक जित दर्ता गर्दा विमलले खेलको ३३ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।
रासस





























प्रतिक्रिया