काठमाडौं
बंगलादेशमा जारी साफ च्यान्पियनसीप फुटबल अन्र्तगत आज भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ - ० गोल अन्तरले पराजित गरेको छ । "/>

नेपालद्वारा बंगलादेश २ – ० गोल अन्तरले पराजित

नेपालद्वारा बंगलादेश २ – ० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
बंगलादेशमा जारी साफ च्यान्पियनसीप फुटबल अन्र्तगत आज भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ – ० गोल अन्तरले पराजित गरेको छ ।

खेलको ३३ औं मिनेटमा नेपालका विमल घर्तिमगरले पहिलो गोल गरेका थिए । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलको अन्तिम समयमा नवयुग श्रेष्ठले थप गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो ।

आज कप्तान भरत खवासको नेतृत्वमा नेपाली टोली मैदान उत्रिएको थियो । आजको खेल जित्नै पर्ने दबाबमा रहेको नेपालले बंगलादेशलाई पराजित गरेसँगै समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक बंगलादेश बाहिरिएको छ । पाकिस्तान उपविजेता बनेको छ ।

यस अघिको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भुटानलाई पराजित गरेको थियो । आयोजक बंगलादेश भने यस अघिका दुवै खेल जितेर समुहको पहिलो स्थानमा रहेपनि आजको खेल सँगै बाहिरिएको छ ।

Logo