दुर्घटनास्थलमा अझै पुग्न सकिएन, उद्धार गर्न गएको हेलिकप्टर फर्कियो

दुर्घटनास्थलमा अझै पुग्न सकिएन, उद्धार गर्न गएको हेलिकप्टर फर्कियो

केन्द्रबिन्दु
0
Shares

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको स्थलमा अझै पनि कोही पुग्न सकेका छैनन् । नुवाकोटको मेघाङ गाउँपालिकाको घनाजंगलमा हेलिकप्टर दुर्घटना भएको देखिए पनि घनाजंगल र खराब मौसमका कारण दुर्घटनास्थलमा पुग्न नसकिएको हो ।

ठमाडौँबाट उद्धारका लागि गएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ फर्किएको छ । हेलिकप्टरको खोजीका लागि बिहानैदेखि धादिङ र नुवाकोटका स्थानीय प्रहरी खटिएका छन् ।

9NALS कल साइनको हेलिकोप्टरमा क्याप्टेन निश्ल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए । उनीहरु मनास्लु क्षेत्रको भ्रमण गरेर आज काठमाडौँ फर्कँदै थिए ।

यो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको थियो  । सानागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस ३५० बी ३ इ सिरिजको हो ।

Logo