पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा एक सय जना बिरामी परेका छन् । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेको थियो ।
विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।
यसैबीच घटनास्थलमामा उपचारको लागि डाक्टरको टिम परिचालन गरिएको छ ।
फोटो: कन्चन अधिकारी































प्रतिक्रिया