ब्राजिलको राष्ट्रपतीय चुनावका मुख्य प्रतिष्पर्धी जैर बोल्सोनारोमाथि छुरा प्रहार भएको छ ।
चुनाव प्रचारका क्रममा दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित र्यालीमा सहभागी भएका उनीमाथि छूरा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही खुलेको छैन । छुरा प्रहारबाट पेटमा चोट लागेको छ ।
अस्पतालले उनको अबस्था खतरामुक्त रहेको जनाएको छ ।



























प्रतिक्रिया