नाइमामा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ कलर भेरियन्ट सार्वजनिक

नाइमामा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ कलर भेरियन्ट सार्वजनिक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ ।

पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।

एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरेको छ ।

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ ।

रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ ।

नेपाली बजारको लागि रु २,८२,९०० मूल्य निर्धारण गरिएको नयाँ एनटॉर्क डिस्क एफआई भ्यारीएन्टहरुमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।

Logo