काठमाडौं

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा साँझपख बस्न त परै जाओस् उभिने ठाउँ समेत हुँदैन । "/>

अब उपत्यकामा राती १० बजे सम्म सार्वजनिक यातायात गुड्ने

अब उपत्यकामा राती १० बजे सम्म सार्वजनिक यातायात गुड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा साँझपख बस्न त परै जाओस् उभिने ठाउँ समेत हुँदैन । उभिएर नै जाउँ न त भने पनि भनेको बेला बस नै पाइँदैन । बेलुकीपख त बस पाइहाले पनि ठेलमठेल गरेर नै यात्रा गर्न बाध्य छन् यात्रुहरू । त्यति मात्रै होइन, बेलुकीपख त यात्रुहरू भेडाबाख्रा कोचे जस्तै कोचिनु पर्छ । यात्रु कहिल्यै भनेको बेला आफ्नो गन्तव्यमा पुग्दैनन् ।

सुन्धारा, भृकृटीमण्डप, रत्नपार्क, त्रिपुरेश्वर, नयाँबसपार्क, कंलकी, कोटेश्वर लगायत बस बिसौनीमा साँझपख घण्टौं लाइनमा बसेर सार्वजनिक बस चढ्न यात्रुको हानाथाप हुने गरेको छ । अब देखि उपत्यकाका यात्रुले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्नकै लागि हानाथाप गर्नु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले बेलुकाको समयमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको कन्तविजोगलाई ध्यान दिँदै रातको १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पर्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले सास्ती भोगेकाले गत भदौं १३ गते देखि सार्वजनिक सवारीसाधन रातको १० बजे सम्म अनिवार्य सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको बताए ।

‘उपत्यकामा बेलुकीपख सार्वजनिक सवारीसाधन पाउनै मुस्किल भएर बस तथा मिनिबसलाई रातको १० बजेसम्म गुड्ने व्यवस्था गरेका हौं,’ उनले भने, ‘विभागले यसबारे निर्णय गरेर कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी कार्यालयलाई पत्राचार गरेका छौं ।’

उनका अनुसार भदौं १३ गते देखि नै नयाँ सवारी दर्ता तथा रुटपर्मिट नविकरण गर्न आउने बस तथा मिनिबस कम्पनीका सञ्चालकसँग करारनामा सम्झौता गरेर बेलुका १० बजेसम्म सार्वजनिक सवारीसाधन चलाउने निर्णय भइसकेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo