महोत्तरी
महोत्तरीमा विधुत चुहावट रोक्न गएका कर्मचारी कुटिएका छन् । सम्सी गाउँपालिका, ५ पोखरभिण्डामा विद्युत चोरी नियन्त्रण गर्न पुगेको टोली मध्ये ज्यालादारीमा खटिएका कर्मचारी मनोज यादव कुटिएका हुन् ।
स्थानीय दुई महिला र एक पुरुषले यादवलाई कुटेको नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका प्रमुख माघवेन्द्र यादवले बताए । कुटपिट गर्ने तीन जना उपर पक्राउ गरी कारबाही गर्न प्राधिकरणले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
कर्मचारी कुटिएपछि प्राधिकरणले आरोपी माथि कारबाही नहुन्जेल उक्त क्षेत्रमा विद्युत बन्द गरेको छ । जनकपुर क्षेत्रीय कार्यालयको निर्देशनमा विद्युत बन्द गरिएको जलेश्वर वितरण केन्द्रले जनाएको छ । टोलीमा सुरक्षाकर्मी तथा अन्य कर्मचारी भए पनि पछाडि रहेकाले यादवलार्इ कुटेका हुन् । ‘चोरी गर्ने त्यस माथि कर्मचारीलार्इ हातपात समेत गरेकाले विद्युत सेवा बन्द गरेका हौं,’ वितरण केन्द्रका प्रमुख यादवले भने ।
विद्युत चुहावट नियन्त्रणको लागि पुगेको टोलीले सम्सी गाउँपालिका र लोहारपटटी नगरपालिका लगायतबाट विद्युत चोरी गर्ने पच्चिस जनालाई नियन्त्रणमा लिएर पाँच हजारका दरले जरिवाना गरेको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया