काठमाडौं

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । "/>

दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई फर्काइयो

दुरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई फर्काइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई फेरि दुरसञ्चार प्राधिकरणको चाबी सुम्पिने निर्णय गरेको हो । नेपाल सरकारका एक मन्त्रीले झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने निर्णय मन्त्रिपरिषदले गरेको पुष्टि गरेका छन् । उनले झालाई चार वर्षका लागि नियुक्त गरिएको बताए ।

अध्यक्षमा नियुक्त झाले पनि आफ्नो पक्षमा मन्त्रिपरिषद्को निर्णय भएको पुष्टि गरे । उनले आफ्ना विभागीय सञ्चारमन्त्री देश बाहिर रहेकाले मन्त्रालयबाट जानकारी आउन बाँकी रहे पनि अन्य मन्त्रीले आफूलाई यसको जानकारी गराएको बताए । मलाई दुरसञ्चार प्राधिकरणमा फेरि नियुक्त गरिएको जानकारी आएको छ, उनले भने, यो जानकारीसँगै बधाई आउने क्रम पनि सुरु भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजकत्वको समितिको सिफारिसका आधारमा झाले फेरि प्राधिकरणमा प्रवेश पाएका हुन् । गुरुङ संयोजकत्वको समितिले प्राधिकरणको अध्यक्षका लागि पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनालको नाम सिफारिस गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले नै गतिलो काम नगरेको भन्दै झालाई प्राधिकरणबाट हटाएको थियो । त्यसपछि झा सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पनि पुगेका थिए । तर उनले सर्वोच्चमा दर्ता गरेको रिट आश्चर्यजनक रुपमा फिर्ता लिएका थिए । फेरि अध्यक्ष बनेका दिगम्बर झा गत असारमा ओली सरकारले नै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट हटाएको थियो । उनले आफू पुनः अध्यक्ष बन्नयोग्य रहेको भन्दै आवेदन दिएका थिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo