कथाकार माधव सयपत्रीको तेस्रो कथासग्रह ‘बादशाहको अटोग्राफ’ बजारमा आएको छ । यसअघि उनका ‘सत्ताकवच’ र ‘मखमलीका राजाहरू’ दुई कथासङ्ग्रह आइसकेका छन् । "/>

माधव सयपत्रीको तेस्रो कथासग्रह ‘बादशाहको अटोग्राफ’ सार्वजनिक

माधव सयपत्रीको तेस्रो कथासग्रह ‘बादशाहको अटोग्राफ’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

कथाकार माधव सयपत्रीको तेस्रो कथासग्रह ‘बादशाहको अटोग्राफ’ बजारमा आएको छ । यसअघि उनका ‘सत्ताकवच’ र ‘मखमलीका राजाहरू’ दुई कथासङ्ग्रह आइसकेका छन् । कविता, नाटक, बालआख्यान, उपन्यास गरी डेढ दर्जन पुस्तक लेखिसकेका सयपत्री आफुलाई मूलतः कथाकार भन्न रुचाउँछन् ।

हालै बजारमा आएको कथासङ्ग्रह ‘बादशाहको अटोग्राफ’ बारे प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी गरेका छन्– ‘देशमा विद्यमान राजनैतिक विडम्वनाहरू, विकृत राजनैतिक संस्कार र हत्या–हिंसाको सशस्त्र द्वन्द्वका पीडालाई कथ्य बनाउने कथाकार माधव सयपत्रीमा युगीन चेतना पाइन्छ ।

उनी आप्mना कथाहरूमा जीवनका विसङ्गतिका बारेमा कुरा गर्दछन् । नारी वर्गमाथि हुने गरेका बर्बर व्यवहारका प्रसङ्गहरू निकाल्दछन् । गरिब वर्गमाथि भएका शोषणबारे खुलेरै भन्दछन् र मानवीय यौनाचारका कुरा पनि कथामा ल्याउँदछन् । साँच्चै भन्ने हो भने उनी मान्छेमा सदाचार र मानवत्ववादी भावना हुनुपर्दछ भनेर आवाज निकाल्दछन् ।’

त्यस्तै सयपत्री आफ्ना कथाबारे लेख्छन्– ‘कथा लेख्दा मान्छे होइन, मान्छेका सुखदुःख र यावत् भोगाइ पढ्न पाइन्छ । चरित्र चिरफार गर्न पाइन्छ । त्यसैले लेखन कथातिर मोडियो । लेखिएका कथाको सङ्ख्या गणना गर्दा डेढसयभन्दा बढी कथा भएछन् । सबै कथा ‘राम्रा’ हुन सकेनन् । हुँदैनन् पनि । गाउँमा बसियो । प्रविधि समातेर कथा लेख्न सकिएन । कुनै सिद्धान्त र वादको पुच्छर समातेर साहित्यसत्ताको वैतरणी तर्ने प्रयास पनि गरिएन । जे देखियो सोही लेखियो । कथा भए भएनन्, ग्रेडिङ्ग पाठकहरूबाटै हुनेछ ।

सङ्ग्रहमा तीसवटा कथा समावेश छन् । पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।

Logo