लागूऔषध बेच्न हिडिरहेका दुई जना पक्राउ

लागूऔषध बेच्न हिडिरहेका दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । 

लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र सोही नगरपालिका–२ का ३३ वर्षीय रमेश गुरुङलाई पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए । 

उनीहरूका साथबाट १०० एमएलको कोरेक्स १८ बोतल र निट्राभाट ट्याबलेट ५१ थानसमेत बरामद गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

Logo