काठमाडौं

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । "/>

साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान वीच प्रतिश्पर्धा हुने

साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान वीच प्रतिश्पर्धा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । पाकिस्तानसँग हारेपछि नेपाललाई साफ च्याम्पियनसिपमा रहिरहन आज हुने खेल जित्नै पर्ने दवाव भएको छ । भुटानले पहिलो खेलमा बंगलादेशसँग २–० को हार बेहोरेको थियो । नेपाल र भुटानका लागि जित्ने नै पहिलो प्राथमिकता हुनेछ । हारले प्रतियोगिताबाट बाहिरिने संभावना बढ्नेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले जित नै चाहिने बताएका छन् । उनले बताए अनुसार नेपालले भुटानलाई हराउन सक्नेछ । त्यसो त नेपालले अहिले सम्म साफ च्याम्पियनसिपमा भुटानसँग अप्रत्यासित नतिजा आत्मसात पनि गर्नु परेको छैन । यसैले पनि नेपालले आज जित्ने संभावना धेरै छ ।

नेपालले भुटानविरुद्ध जित्दै आएको छ भन्ने तर्कले खेल्नु पनि शायद नेपाललाई घाटा हुन सक्छ । जबकी पाकिस्तानसँग पनि नेपालले जित्ने आंकलन गरिएको थियो । धेरै जसो फुटबल प्रशिक्षक र खेलाडीले नेपालले जित्ने अनुमान गरे । नेपालका पूर्व कप्तान अनिल गुरुङले पनि पाकिस्तानलाई हराउँछ भनेका थिए । तर उल्टो नतिजा निस्केपछि नेपाललाई प्रतियोगितामा दवाव बढेको छ ।
हाल सम्म नेपाल र भुटान वीच १२ वटा खेल मध्ये सबैमा नेपालले जित हासिल गरेको छ । आजको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ मा हुनेछ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo