दीपकराज गिरीकाे स्टाटस- ‘हामी जन्मेकै अरूको देश बनाउन, एक डाक्टर विदेशिए भनेर के चिन्ता गर्नु ?’

दीपकराज गिरीकाे स्टाटस- ‘हामी जन्मेकै अरूको देश बनाउन, एक डाक्टर विदेशिए भनेर के चिन्ता गर्नु ?’

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । चर्चित अभिनेता तथा निर्देशक दीपकराज गिरीले डाक्टर, इन्जिनियर लगायतका देशका बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “एकजना डाक्टर बिदेश गए भनेर के चिन्ता गर्नु ? यो देशमा न अरनिको टिके न तेन्जिङ शेर्पा ! के डाक्टर के एक्टर के लाहुरे….इतिहास भन्छ हामी जन्मेकै अरूको देश बनाउन !”

वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिएपछि चुलिएकाे चर्चाका बीच गिरीकाे याे स्टाटस आएकाे हाे । कोइरालाले बीपी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । ‘सर्टलिस्ट’मा पनि परेका उनले राजनीतिक भागबण्डाका क्रममा उपकुलपतिमा स्थान नपाएपछि राजीनामा दिएर विदेशिएका हुन् ।

Skip This
Skip This
Logo