काठमाडौँ
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मन्त्रीसँग सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको छ । संसदको नियमावलीमा व्यवस्था भए बमोजिम संसद बैठक सुरु भएपछि एकघन्टा मन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ ।
सोमबारको संसद बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । मन्त्रीले जवाफ दिएपछि सांसद्ले पुरक प्रश्न सोध्नेछन् । एकदिनमा मौखिक २० वटा र लिखित ५० वटा प्रश्न सोध्न सकिने नियमावलीमा व्यवस्था छ ।
प्रतिनिधिसभामा २०४८ देखि २०५९ सम्म प्रश्नोत्तरको कार्यक्रम रहेको थियो । ‘एउटा अधिवेशनमा ६ हजार सम्म प्रश्न सोधिने गरिन्थ्यो,’ संसद् सचिवालयका एक अधिकारीले भने । पुनस्र्थापित संसद देखि संविधानसभा सम्ममा प्रश्नोत्तर प्रयोगमा आएको थिएन । पुरक प्रश्नको उत्तर मन्त्रीले दिइसकेपछि संसद्को बैठक कार्यसूचीमा प्रवेश गर्नेछ । संसद्को सोमबारको बैठकमा ५ वटा विधयके माथि सैद्धान्तिक छलफल हुनेछ भने दुई विधेयक समितिमा पठाइनेछ ।
नागरिकबाट































प्रतिक्रिया