मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आज देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ ।
नेपाल चिकित्सक संघले आफुहरुको आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै कडा रुपमा आन्दोलन गर्नु परेको जनाएको छ । आज आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम रहेको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले केन्द्रबिन्दुलाई बताए ।
गत भदौ एक गतेदेखि लागु भएको संहितामा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ ।चिकित्सकहरु यहि व्यबस्थाको बिरोध गरिरहेका छन् ।





























प्रतिक्रिया