चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले पनि धरौटीमा छाड्न आदेश दिएको छ ।

अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरेलगत्तै उनलाई कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो । आज चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पनि १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख रहेको थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो ।

साउन १५ गते जन्मदिन मनाउँदै गर्दा चक्रे मिलनसहित ४७ जना समातिएका थिए ।

Skip This
Skip This
Logo