नेपाल नर्दर्न टेरिटोरीसँग ४२ रनले पराजित, शीर्ष क्रमको ब्याटिङ चलेन

नेपाल नर्दर्न टेरिटोरीसँग ४२ रनले पराजित, शीर्ष क्रमको ब्याटिङ चलेन

केन्द्रबिन्दु
234
Shares

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी२० सिरिजमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाली टोली अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले स्तब्ध भएको हो ।

१७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले २६ बलमा सर्वाधिक ३४ रन जोडे । यसैगरी गुलसन झाले १० बलमै २६ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले २१ बलमा २३ रन, दीपेन्द्रसिंह ऐरीले २४ बलमा १९ रन जोड्नुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लाकेश बम शून्यमा, ओपनर आशिफ शेखले ११ रन तथा कुशल भुर्तेलले ८ रन जोडेर आउट भएपछि नेपाल धरापमा परेको थयो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियाे ।

नर्दर्न टेरिटोरी स्ट्राइकरका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए । कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहब आलमले दुई विकेट झारे । त्यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक/एक विकेट लिएका थिए ।

Skip This
Skip This
Logo