काठमाडौं
०७२ बैशाखको विनासकारी भूकम्पले ध्वस्त काष्ठमण्डप पुनर्निर्माण आगामी मंसिरबाट शुरु गरिने भएको छ । क्षमापूजा गरेको तीन महिनापछि हनुमानढोका दरबार क्षेत्र भित्र रहेको काष्ठमण्डपका लागि इँटा निर्माण, जग परीक्षण लगायत पूर्वाधारको काम थालिएको छ ।
पुनर्निर्माणका सम्बन्धमा विवाद भएपछि स्थानीयले बनाउने जिम्मा लिएका थिए । निर्माणका लागि पूर्वाधार तयारीको काम सुरु भएको काष्ठमण्डप निर्माण समितिका संयोजक राजेश शाक्यले बताए ।
हाल काष्ठमण्डपमा रहेका काम लाग्ने र नलाग्ने वस्तु छुट्याउने काम भइरहेको छ । भदौ भित्रै जग विश्लेषण प्रतिवेदन आएपछि निर्माण थालिने उनले बताए । ‘जग विश्लेषण प्रतिवेदन भदौमै आउँछ, त्यसपछि औपचारिक काम सुरु हुन्छ’, उनले भने ।
पुरानै शैलीमा निर्माण गर्न माटोको गुणस्तर परीक्षणको काम भइरहेको छ । अब तीन महिना सम्म सबै पूर्वाधारका काम सकेर मंसिरबाट पुनर्निर्माणको काम सुरु हुने बताइएको छ ।





























प्रतिक्रिया