श्रीलंका राष्ट्रपति मत्रीपाला सिरिसेना लुम्बिनीमा पूजापाठ गरिरहेका छन् । उनले लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन गरी विशेष पूजामा सरिक भएका हुन्।
उनले श्रीलंकाद्वारा निर्मित गुम्बाको समेत अवलोकन गर्नेछन् । त्यसपश्चात श्रीलंकाद्धारा निर्मित गेस्ट हाउसको अवलोकनको साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम रहेको छ । उनलाई स्वागत गर्नका लागि पर्यटन मन्त्री रविन्द्र अधिकारी, पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, पाँच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी लुम्बिनी पुगेका थिए ।





























प्रतिक्रिया